अन्तर–व्यवस्थापिका मञ्चको सम्मेलन ‘डिजिटल पार्लियामेन्ट’सहित नौ बुँदे टीकापुर सन्देशपत्र जारी
टीकापुर । अन्तर–व्यवस्थापिका मञ्चको ११औँ सम्मेलन ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकाससहित नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित दुईदिने सम्मेलनले संसदीय गतिविधिमा सूचना प्रविधिको प्रयोग बढाई नागरिक सहभागिता सुनिश्चित गर्ने तथा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी