महँगी र भ्रष्टाचारविरुद्ध एमालेले १६ गते जनप्रदर्शन गर्ने
काठमाडौँ । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बैठकमा महासचिव शङ्कर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी उपत्यकाका