गण्डकी विश्वविद्यालयमा अनियमितता छताछुल्ल, जेन–जी युवाहरूले कुलपति र रजिष्ट्रारसँग मागे जवाफ
पोखरा । गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै अनियमितता र भ्रस्टाचार मौलाउँदै आएको भन्दै जेन–जी युवाहरूले तीव्र आपत्ति जनाएका छन् । विश्वविद्यालयभित्र देखिएका अनियमित खर्च, पारिवारिक नियुक्ति र सेवा–सुविधा वितरणका अनियमित विवरण सार्वजनिक भएपछि युवाहरूले कुलपति