दाङमा नेकपाभित्र चर्को असन्तुष्टि, ४७ जनाले पार्टी परित्याग गरेर बागी उम्मेदवारलाई समर्थन
दाङ । दाङ–१ मा चुनाव नजिकिँदै गर्दा नेकपा भित्र असन्तोष चर्किएको छ। दाङ क्षेत्र नम्बर १ का नेकपाका ४७ जना संगठित सदस्यले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) लाई समर्थन गर्ने घोषणा गरेका छन्।