एनएमसी र केसीसीबीच रेडियोथेरापी सेवाका लागि समझदारी
काठमाडौं । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) बीच सहकार्य भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच कलेज र क्यान्सर सेन्टरविच क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार गर्ने विषयमा समझदारी भएको हो