जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्दै
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन् । बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले बुधबारको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको