मार्सी धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो
जुम्ला । केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन् । भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन् । तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले