परिसंघले चैत्र ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्दै
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले चैत्र ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।