अपर अरुण जलविद्युत् आयोजना : बढीभन्दा बढी लाभ पाउनुपर्ने स्थानीयको माग
काठमाडौं । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् ।