महिला राष्ट्रिय फुटबल टोलीका ६ सहित ४० खेलाडी यू-१९ प्रशिक्षणमा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो ।