दसैँ सकिन नपाउँदै गृहमन्त्री खाँणद्वारा १२ सिडियोको सरुवा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गर्नुभएको छ । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरिएको हो । गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ