कपिलवस्तु झडप : सुरक्षाकर्मीको गोली लागेका युवकको १६ दिनपछि मृत्यु
बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–वरगदा क्षेत्रमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको १६ दिनपछि उपचारका क्रममा मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो