जेठमा निर्वाचन नभए पदबाट राजीनामा दिने गाउँपालिका अध्यक्षको घोषणा
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदाे जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने