राष्ट्रियसभामा आज सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव पेश हुँदै
काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको थियो।