बाँझो बारीमा व्यावसायिक रुपमा रोपिएको ढकमक्क सयपत्री फूल
तनहुँ । दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन । एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए ।