समाजवादी मोर्चाले पोखरामा १५ गते सन्देशसभा गर्ने
गण्डकी । समाजवादी मोर्चा नेपालले यही शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ ।