इन्धन मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।