अन्तर्राष्ट्रिय श्रमिक दिवस : के भन्छन् मजदुरका नेताहरु ?
मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गर्नुभएको छ । उहाँहरूले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिनुभयो