अर्याल मुख्यसचिवमा नियुक्त, वैरागी सुरक्षा सल्लाहकार
काठमाडौँ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका अर्याललाई आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको छ