पाटन दरबार क्षेत्रमा बिछ्याइयो मल्लकालीन ‘तेल्या’ इँटा
काठमाडौँ । विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरकाे ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको हाे ।