एलाइभ सहकारीको साधारण सभा सम्पन्न, कठिन परिस्थितिबाट उँभो लगाउने अठोट व्यक्त
काठमाडौं । एलाइभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ र १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका–२७ अशनमा केन्द्रीय कार्यालयको सहकारीले शनिबार आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको हो ।