वरीयता मिचेर गरिएको निर्णयमा उपसभामुखको हस्ताक्षर खेदपूर्ण : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदलीय दलका नेता हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियामा उपसभामुखले हस्ताक्षर गरेको विषयप्रति असन्तुष्टि जनाएका छन्। अध्यक्ष साम्पाङले शुक्रबार जारी विज्ञप्तिमार्फत सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा आफ्नै पार्टीबाट गएकी उपसभामुख रुवीकुमारीले