विशेष महाधिवेशनपछि कांग्रेसले ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले देशभर ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमार्फत उक्त अभियान अघि बढाउने घोषणा गरिएको हो। राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनले