भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज
काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ । यसअघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो ।