मिश्रित निर्वाचन प्रणाली उत्पीडित जनतालाई सत्तामा पुग्न नदिने षड्यन्त्र हो : अध्यक्ष अन्सारी
रौतहट । गरुडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बुधबार आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा रौतहट जिल्लाका विभिन्न समुदायहरू विशेष गरी उत्पीडित, दलित, मुस्लिम, निषाद, आदिवासी जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।