राष्ट्रपति भण्डारी मटिहानी जानुहुने खबरले स्थानीयवासीमा उत्साह
महोत्तरी । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रूप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिक स्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र