बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत द्रुतगतिमा
काठमाडौँ । गत असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । बाढीले बीपी राजमार्गको १३ किलोमिटर सडक खण्डमा बढि क्षति पुर्याएको र त्यसमध्ये ८.५ किलोमिटर सडक बगरमा परिणत गरेको छ ।