कात्तिक १७ देखि मंसिर १ गतेसम्म निर्वाचन प्रसारप्रसारका लागि आमसभा, जुलुस गर्न पाइने
काठमाडौं । २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार तथा दलहरुले कात्तिक १७ देखि मंसिर १ गतेसम्म जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ