अमेरिकाले अनुदानमा दिएको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो
काठमाडौं । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।