सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
सिरहा । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् ।