हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह
राजविराज । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाउनुभएको छ । शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित एमालेको नवौं सप्तरी जिल्ला अधिवेशनमा साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताउनुभयो ।