प्रधानमन्त्रीको सम्बोधन अप्राकृतिक र सत्ता गठबन्धनको बोझबाट ग्रस्त : एमाले महासचिव पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्ता गठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताउनुभएको छ । उहाँले सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाउनुभयो