प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको छ : अध्यक्ष केसी
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको बताएका छन् । बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए