ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ महँगो भएर आए पनि निगमले बढाएन
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।