मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने सभापति देउवाको दावी
धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन ।