नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ । एघारौं वार्षिक साधारणसभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको जनाइएको छ ।