नेपालले आफ्नो क्षमता अनुसार विकासको यात्रा अघि बढाइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो क्षमता अनुसार विकासको यात्रा अघि बढाइरहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल–चीन संस्कृति शिखर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले, देशले आफ्नो गच्छेअनुसार विकासका काम गरिरहेको स्पष्ट पारेका हुन ।