नेकपा एमाले स्थायी कमिटी बैठकका आठ निर्णय यस्ता छन्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो ।