७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षा व्यवस्थासहित सम्पूर्ण व्यवस्थापकीय काम