नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन्