प्रधानसेनापति शर्माद्वारा तिंकर सडकको निरीक्षण
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन् । प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ ।