कांग्रेस नेता ढुण्डिराज शास्त्रीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् । शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिंनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।