हिन्दू राज्य र अभिभावकीय राजसंस्था पुनर्स्थापना जनेपार्को मुख्य एजेन्डा : धवलशम्शेर राणा
काठमाडौं । नवगठित जय नेपाल पार्टीका प्रस्तावित अध्यक्ष धवलशम्शेर राणाले पार्टीको प्रमुख वैचारिक एजेन्डा सनातन धर्मसापेक्ष हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्स्थापना रहेको बताएका छन्। नयाँ पार्टीको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा राणाले नेपालमा शासन सञ्चालन निर्वाचित जनप्रतिनिधिबाट हुने