जसपाको विधान अधिवेशन जेठमा सर्यो
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ । निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएको र सोही समयमा देशमा उपनिर्वाचन समेत भइरहेकाले पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने कारण विधान अधिवेशन सार्नु परेको बताइएको छ