शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला गरिएको छ । जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्। नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो