छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं