अनशनरत डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशनरत वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आइतबार इलाम जिल्ला अस्पतालमा भर्ना भएका केसीलाई आज थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो।