विशेष महाधिवेशन पक्षलाई एकताका लागि आह्वान गर्ने देउवा पक्षको निर्णय
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहँदा सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकता जोगाउन पहल गर्ने निर्णय गरेको छ । देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षलाई लक्षित गरी एकताका लागि आह्वान गर्न निर्देशन दिएका हुन् ।