आजबाट घरबाहिर निस्कँदा अनिवार्य खोपकार्ड
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट घरबाहिर निस्किँदा कोरोना भाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ । खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके