१० करोड मानिसमा कोभिडको दीर्घकालीन लक्षणः अध्ययन
लन्डन । कोभिड- १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययनअनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् ।